धुलिखेल अस्पतालका चिकित्सकको आत्महत्या प्रयासको घटनामा काउन्सिलको हस्तक्षेपपछि बन्यो छानबिन समिति

काभ्रे । धुलिखेल अस्पतालका आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनामा डीन कार्यालयले स्वतन्त्र छानबिन समिति बनाएको छ ।
धुलिखेल अस्पतालका आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले ४ जना चिकित्सकलाई ७ दिनका लागि निलम्बन गरे सँगै डीन कार्यालयले स्वतन्त्र छानबिन समिति बनाएर ५ दिन भित्र प्रतिवेदन पेस गर्न निर्णय गरेको हो ।
बुधबार बेलुका बसेको ‘स्कुल अफ मेडिकल साईन्सेज’ को निर्णयले ५ दिनको समय तोक्दै उपकुलपतिलाई प्रतिवेदन बुझाउने सँगै निलम्बनमा परेका कुनै पनि चिकित्सकलाई नियमित हैसियतको काम कारबाही गर्न नदिन समेत जारी गरेको सूचनामा उल्लेख छ ।
आवासिय चिकित्सकले ओभरडोज औषधी सेवन गरेको र अस्पतालमै उपचार पश्चात् अहिले सामान्य अवस्थामा फर्किएको अस्पतालले यस अघि नै जनाएको थियो ।
अस्पतालका विभागीय प्रमुख एवं एसोसियट डिन प्रोफेसर डा. अजय रिसाल, एसोसियट प्रोफेसर डा. दीपक कुँवर, लेक्चररद्वय डा. वर्षा श्रेष्ठ र डा. रिका रिजाललाई मेडिकल काउन्सिलले एक साताका लागि निलम्बन गरेको अस्पतालले सूचना जारी गरी जानकारी दिएको थियो ।
गत फाल्गुन ४ गते चिकित्सकले आत्महत्याको प्रयास गरेकोमा काउन्सिलको पत्र बमोजिम ४ जनालाई ७ दिनका लागी निलम्बनमा राखिएको धुलिखेल अस्पतालले जारी गरेको सूचनामा उल्लेख थियो । गत १२ फागुनमा बसेको काउन्सिलको पूर्ण बैठकले उनीहरुलाई काम कारबाहीमा संलग्न नगर्न/नगराउन केयु स्कुल अफ मेडिकल साइन्सेजलाई काउन्सिलले निर्देशनात्मक पत्राचार गरेको हो ।
उक्त विषयलाई लिएर उजुरी परेपछि काउन्सिलले सदस्य डा. कालुसिंह खत्री र पुण्यरत्न शाक्यलाई अनुसन्धानका लागि धुलिखेल पठाएको थियो । उजुरी र स्थलगत अध्ययन प्रतिवेदनमा छलफलपछि काउन्सिल निलम्बन गर्ने निर्णयमा पुगेको हो ।
अस्पताल प्रशासन घटनाबारे चुप रहेता पनि काउन्सिलको निलम्बन पत्र पश्चात भने निलम्बन गरिएको सूचना जारी गरेको थियो । सूचना पश्चात् स्कुल अफ मेडिकल साइन्सेजको डीन कार्यलयले स्वतन्त्र छानबिन समिति गठन गरेको हो ।















रेडमी नोट १५ फाइभ जी नेपालमा, कति पर्छ मूल्य ?
इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड कार्यक्रम
काभ्रेमा नौ ‘आपाराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता
Two arrested on charges of raping minor
कञ्चनपुरमा सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
समानुपातिकतर्फ करिब ९१ लाख मतगणना हुँदा कुन दलले कति पाए ?
प्रतिक्रिया