विराट गोल्डकप फुटबल : नेपाल पुलिस क्लब विजयी

मोरङ । विराटनगरको सहिद रङ्गशालामा ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गतका बिहीबार भएको दोस्रो क्वाटर फाइनल खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।
विराट गोल्डकप ट्रष्टद्वारा आयोजित उक्त प्रतियोगितामा पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ एफसीलाई २–० गोलले पराजित गरेको छ । प्रतियोगिताको मध्यान्तरपछि नेपाल पुसिल क्लबका जर्सी नं २१ का अरूण गाहाले ६६ मिनेट र जर्सी नं ९ का मनिष सेढाईँले ८७ मिनेटमा एक–एक गोल गरी आफ्नो क्लबलाई सेमिफाइनलमा पु¥याउन सफल भएका छन् । खेलको म्यान अफ दी म्याच भएका पुलिस क्लबका मनिष सेढाईँले रू ११ हजार नगद प्राप्त गरेका छन् ।
आजको खेल साविक विजेता मच्छिन्द्र फुटबल क्लब र पूर्वविजेता थ्रीस्टार क्लबबीच साँझ ६ः३० बजे हुने ट्रष्टले जनाइएको छ । प्रतियोगितामा भारतका दुई र नेपालका विभागीय टिमसहित १० वटा टिम सहभागी छन् ।
प्रतियोगितको विजेतालाई नगद रू ११ लाख, उपविजेतालाई रू पाँच लाख, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रू १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई रू ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई रू ५१ हजार नगद पुरस्कार दिइने प्रबन्ध गरिएको आयोजकले जनाएको छ ।









आठौँ सामाजिक सुरक्षा दिवस : साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र
हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया