टिकापुर, भरतपुर, निजगढ र पालुङटार स्मार्ट सिटिको सुचिमा यथावत – शहरी विकास मन्त्रालय

काठमाडौं । सरकारले विभिन्न १२ वटा शहरलाई स्मार्ट सिटी बनाउने काम निरन्तर अघि बढिरहेको दाबी गरेको छ ।
शहरी विकास मन्त्रालयले विज्ञप्ति जारी गर्दै विभिन्न शहरलाई स्मार्ट सिटी बनाउने सरकारको नीति अनुसार काम भइरहेको दाबी गरेको हो ।
गत बैशाख ४ गतेको कान्तिपुर दैनिकमा बाराको निजगढ, चितवनको भरतपुर, गोरखाको पालुङटार र कैलालीको टिकापुरलाई स्मार्ट सिटीको सूचीबाट हटाएको भन्ने गरी प्रकाशित समाचार भ्रामक र कपोलकल्पित रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
संवेदनशील विषयमा भ्रम सिर्जना हुने गरी समाचार सम्प्रेषण नगर्न र समाचार सम्प्रेषण गर्दा सम्वन्धित निकायका अधिकारीबाट सत्य तथ्य सूचना लिन पनि मन्त्रालयले आग्रह गरेको छ । यस्तै भ्रामक समाचारको भ्रममा नपर्न पनि मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।
सरकारले धनकुटा, काभ्रे उपत्यका, मिर्चैया, निजगढ, लम्बिनी, चन्द्रपुर, भरतपुर, पालुङटार, वालिङ, दुल्लु, तुलसीपुर, टिकापुर र अमरगढीलाई स्मार्ट सिटी बनाउने बताएको छ ।

















सुदूरपश्चिममा ‘बालेन’ को मौन चुनावी अभियान
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ
सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै
कांग्रेस, एमाले र जनमत पार्टीका सयौं नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया