जग्गा प्राप्त नहुँदा ट्रमा सेन्टर निर्माण अधुरै

गोदावरी (कैलाली)। कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टर स्थापनाको काम अघि बढ्न सकेको छैन । ट्रमा सेन्टर पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्त हुन नसक्दा चार वर्षदेखि सो काम अलपत्र परेको हो ।
सरकारले ट्रमा सेन्टर स्थापनाका लागि विगत चार वर्षदेखि विनियोजन गर्दै आएको बजेट फ्रिज भएर जाने गरेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ ।
सरकारले ट्रमा सेन्टर स्थापनाका लागि चालु आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरे पनि जग्गा प्राप्त हुन नसक्दा आवश्यक प्रक्रिया अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीका सूचना अधिकारी तथा इञ्जिनियर पुष्पराज भट्टले बताए ।
उनका अनुसार ५० श्ययाको ट्रमा सेन्टर निर्माणका लागि गत आव २०८०/८१ मा बहुवर्षीय योजनाअन्तर्गत रु पाँच करोड बजेट बजेट विनियोजन गरिएको थियो । साथै आव २०७८/७९ मा पाँच करोड विनियोजन गरिएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा कैलालीको लम्की सम्भाव्यता अध्ययन गरी ट्रमा सेन्टर स्थापनाका लागि बजेट विनियोजन भएको थियो । कार्यालयका सूचना अधिकारी भट्टले जग्गाको सुनिश्चितता गर्न स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकालाई आग्रह गर्दै आएको पनि जानकारी दिए ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत चिसापानी–लम्की खण्डमा सवारी दुर्घटना बढी हुने र घाइतेले समयमै उपचार नपाउँदा अकालमै मृत्यु हुने भएकाले ट्रमा सेन्टर निर्माणको अवधारणा सुरु भएको थियो । हाल सामान्य उपचारदेखि आकस्मिक उपचारका लागि यस क्षेत्रका नागरिक नेपालगञ्ज तथा भारत जानुपर्ने बाध्यता छ ।
















दार्चुलाको तपोवन आसपास केन्द्रबिन्दु बनाएर भूकम्प
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
17 including driver injured in bus accident
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
प्रतिक्रिया