दलालको फन्दामा परेर बैंककमा अलपत्र २० नेपालीको उद्धार, निगमको जहाजबाट आज काठमाडौं ल्याइँदै

काठमाडौं – दलालको फन्दामा परेर बैंकक पुगेर अलपत्र परेका २० जना नेपालीलाई शुक्रबार बेलुका नेपाल ल्याइने भएको छ।
मानव बेचबिखन तथा ओसारपसार ब्युरोका अनुसार ती नेपालीलाई बेलुका बैंकस्थित नेपाली दूतावासको पहलमा नेपाल ल्याइने भएको हो। उनीहरूलाई नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल ल्याइँदै गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए।
उनीहरूलाई विभिन्न देशमा वैदेशिक रोजगारीमा लगाइदिने भन्दै दलालले केही समयअघि बैंकक पुर्याएका थिए। त्यहाँ पुगेपछि दलालले उनीहरूको पासपोर्ट कब्जामा लिए।
पासपोर्ट कब्जामा लिएर दलाल फरार भएपछि नेपाली अलपत्र परेका थिए। अलपत्र परेका नेपालीले बैंकस्थित नेपाली दूतावासमा खबर गरेका थिए।
‘अलपत्र परेका ती नेपालीलाई दूतावासले आफ्नो पहलमा उद्धार गरेर राखेको थियो, दूतावासले ट्राभल डकुमेन्ट बनाएर फर्काउने जानकारी हामीलाई पठाएको छ,’ कुँवरले भने।
ती नेपाली के कसरी र कुन देश जानका लागि दलालको फन्दामा परेर बैंकक पुगे भन्ने स्पष्ट खुलेको छैन।
‘दलाल को हुन् पत्ता लाग्न बाँकी छ, जहाजबाट आउन लागेका नेपालीलाई त्रिभुवन विमानस्थलमा लिन हाम्रो टोली जाँदैछ,’ उनले भने, ‘हाम्रो सम्पर्कमा आएपछि अन्य कुराबारे अनुसन्धान हुने छ।’










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म
प्रतिक्रिया