दोस्रो वीरगञ्ज गोल्डकपको फाइनलमा मच्छिन्द्र र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दै

वीरगञ्ज । दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । वीरगञ्जको आर्दशनगर रङ्गशालामा शनिबार दिउँसो उपाधिका लागि दुवै टिम आमनेसामने हुने भएका छन् ।
मच्छिन्द्र क्लबले क्वाटरफाइनलमा चर्च ब्वाइज युनियन क्लबलाई २–१ गोलअन्तरले हराउँदै सेमिफाइनमा प्रवेश गरेको थियो । मछिन्द्रले सेमिफाइन खेलमा सहलेश फुटबल क्लब सिराहालाई ३–१ गोलअन्तरले हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो ।
नेपाल पुलिस क्लबले पनि क्वाटरफाइनलमा बागमती युथ क्लब सर्लाहीलाई २–१ गोलअन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । नेपाल पुलिस क्लवले सेमिफाइनलमा आयोजक वीरगञ्ज युनाइटेड क्लबलाई ट्राईब्रेकरमा ७–६ गोलअन्तरले हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो ।
नेपाल पुलिस क्लबका कप्तान रामचन्द्र वाजीले पुलिस क्लबले वीरगञ्ज गोल्डकपमा पहिलो संस्करणमा जस्तै उत्कृष्ट खेल खेल्दै उपाधि उचाल्ने दावी गरे ।
मच्छिन्द्र क्लवका कप्तान विशाल श्रेष्ठले पनि पछिल्ला दुई प्रतियोगिताको लगातार उपाधि मच्छिन्द्र क्लबले जितेकाले पनि वीरगञ्ज गोल्डकप पनि आफ्नो टिमले जित्ने गरी खेल पस्किने जानकारी दिए ।
शुक्रबार नै दुवै टिमका कप्तानले दोस्रो वीरगञ्ज गोल्डकपको ट्रफी समेत सार्वजनिक गरेका थिए । प्रतियोगिताको बिजेताले रु ११ लाख ११ हजार एक सय एघार,ट्रफी,मेडल र प्रमाणपत्र र उपबिजेता हुने टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु २० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया