पोखरामा नारी दिवस मनाइयो

लेखनाथ । नारी दिवसका अवसरमा अन्तरराष्ट्रिय महिला दिवस मूल समारोह समिति गण्डकी प्रदेश पोखराको आयोजनामा आज पोखरामा प्रभातफेरी गरिएको छ ।पोखराको जिरो किलोमिटरबाट सुरु भएको प्रभातफेरी पृथ्वीचोकमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले महिला आन्दोलनले विश्वभर ल्याएको परिवर्तन एवं प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
नेपालमा लामो राजनीतिक आन्दोलनको परिणामस्वरूप महिला सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको उल्लेख गर्दै उनले संविधानमार्फत महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न गरिएका कानुनी व्यवस्थाकै कारण तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको बताए ।
महिला अधिकार सुनिश्चित गर्न, प्रभावकारी कानुनी सुधार र नीति लागू गर्ने गरी प्रदेश सरकार अगाडि बढेको मन्त्री थापाको भनाइ छ । राष्ट्रिय मानवअधिकार आयोग पोखराका प्रमुख नितु गड्तौला, गैरसरकारी संस्था महासङ्घ प्रदेशका उपाध्यक्ष पदम पहारीलगायतले समानता र महिला अधिकार प्रत्याभूत गराउनका लागि उपलब्ध कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएको थियो ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया