महिला दिवसका अवसरमा रग्बी

काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मैत्रीपूर्ण रग्बी खेल शनिबार सम्पन्न भएको छ ।
नेपाल रग्बी संघ र नेपाल खेलकुद पत्रकार मन्चको संयुक्त आयोजनामा महिला खेलकुद पत्रकार र महिला विभागका महिला सदस्यहरु बीच मैत्रीपूर्ण रग्बी खेलको आयोजना गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ प्रमुख अतिथी रहेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, उपाध्यक्ष शशी लामा, महासचिव गोबिन्द घिमिरे, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरन्जन राजवंशी ,रग्बी संघका कोषाध्यक्ष झनकबहादुर अधिकारी, सदस्य भरत अर्याल, प्रशिक्षक तथा टीएनइ. प्रमुख बिनोद तामाङ, हिमालयन टाइगर रग्बी क्लबका अध्यक्ष रामकुमार लामा, गोर्खाली रग्बी क्लका अध्यक्ष कृष्ण क्षेत्रीसहितको उपस्थिती रहेको थियो ।
महिला विभाग प्रमुख एलिस थापाले सभापतित्व ग्रहण गरेको कार्यक्रममा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिईन् ।
प्रमुख अतिथीको रुपमा सदस्य सचिव टंकलाल घिसिङले शुुभकामना सहित बल हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात भएको थियो ।
महिला दिवसको अवसर पारेर प्रत्येक वर्ष जस्तै नेपाल रग्बी संघको महिला विभागले कार्यक्रमको आयोजना गरेको बिभाकी प्रमुख थापाले बताइन् ।















पोखरा विमानस्थल भ्रष्टाचार : पर्यटन मन्त्रालयका पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा
दोधारा-चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति ४ प्रतिशत
विश्व पानी दिवस : ‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
प्रतिक्रिया