मंगलबार, वैशाख ९, २०८२

कांग्रेसका सभापति देउवाले पत्रकार सम्मेलन गर्दै

मेरोन्यूज २०७८ वैशाख १७ गते १२:०६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्ने भएका छन् । कोरोना संकट, सरकारको भूमिका र लकडाउनका कारण जनजीवनमा परिरहेको असरका विषयमा सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

देउवाले पत्रकार सम्मेलनमार्फत् पार्टीको धारणा राख्न लागेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । स्वकीय देउवाले भने, “कोरोनाको महामारीकै विषयमा फोकस गरेर सभापतिज्यूले ३ बजे पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।”

प्रतिक्रिया