महिलाको हत्यामा संलग्न पाँचजना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न एक नाबालकसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले आज उक्त घट्नामा संलग्नताका आधारमा सर्लाही घर भई हाल काठमाडौँ गोठाटार बस्ने २५ वर्षीय कैलाश खड्का, मकवानपुर घर भई हाल गोठाटार बस्ने २० वर्षीय सुरेश तामाङ, नुवाकोट घर भई हाल गोठाटार बस्ने २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोक घर भई हाल गोकर्णेश्वर बस्ने २० वर्षीया पूजा परियार र एक नाबालकलाई पक्राउ गरेको हो ।
यही फागुन २४ गते गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिक बाग्मती खोलाको बीच भागमा बोराभित्र पानीमा डुबेको अवस्थामा अन्दाजी वर्ष ३०/३५ वर्षकी महिलाको शव फेला परेको थियो ।
उक्त सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली खटिई गई शवपरीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा निजको हत्यामा ती व्यक्तिहरुको संलग्नता खुल्न आएको थियो ।
उपत्यकाका विभिन्न स्थानबाट पाँचैजनालाई जिल्ला प्रहरी परिसर काठमाडौको टोलीले पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।











देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया