बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
मेरोन्यूज
२०८१ फागुन २६ गते ९:३९

धनगढी । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका– ५ चिराल्नामा डोगडीबाट बुढीगंगा नगरपालिका तर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर गएराति दुर्घटना हुँदा ट्याक्टर चालक बुढीगङ्गा नगरपालिका– ४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको मृत्यु भएको हो ।
ट्याक्टरको ट्रली मुनी च्यापिएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।ट्याक्टरमा सवार उनका १२ वर्षीय छोरा शमशेर रावत घाइते भएका छन् । घाइते बालकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोही ट्याक्टरमा रहेका अन्य दुई जना भने सकुशल रहेका छन् ।
ट्याक्टर ओरालो सडकमा अचानक अनियन्त्रित भई सडकबाट खसेको थियो ।
सम्बन्धित











यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया