६.५९० किलो चरेससहित पर्सामा तीन जना पक्राउ
मेरोन्यूज
२०८१ फागुन २६ गते १३:३९

पर्सा । पर्सा प्रहरीले चरेससहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका-२ का २३ वर्षीय लडु राम, पर्सा बिन्दवासिनी गाउँपालिका-३ का ३५ वर्षीय सरोज साह र वीरगन्ज महानगरपालिका-११ का २३ वर्षीय रवि चौधरी रहेका छन्।
उनीहरूलाई वीरगन्ज महानगरपालिका-१५ ब्रहमचोकबाट फागुन २४ गते राति साढे १० बजे पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।
कोठा भाडामा लिएर बसेका तीनै जनालाई प्रहरी चौकी भीष्वाडाँडाबाट खटिएको टोलीले पक्राउ गरेको मिश्रले बताए।
उनीहरूको कोठाबट ६ किलो ५९० ग्राम चरेस बरामद भएको छ। पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको पर्सा प्रहरीले जनाएको छ।

सम्बन्धित










टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
मुक्तिनाथ कृषि कम्पनीको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
अफगानिस्तानमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४२ घाइते
सुहाङलाई प्रधानमन्त्रीले भनिन्- तपाईँजस्ता युवाले देशको बागडोर सम्हाल्नुपर्छ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
प्रतिक्रिया