भरतपुर वितरण केन्द्रमा विद्युत् चुहावट घट्दै

चितवन। भरतपुर वितरण केन्द्रअन्तर्गतको विद्युत् चुहावट घट्दै गएको छ । चालु आर्थिक वर्षमा चुहावट पाँच दशमलव ६१ प्रतिशतमा झरेको वितरण केन्द्रले जनाएको छ।
केन्द्र प्रमुख रामु श्रेष्ठका अनुसार विगतमा चुहावट बढेकोमा अहिले विस्तारै घट्दै गएको छ । आर्थिक वर्ष २०७६-७७ मा १० दशमलव ७७, २०७७-७८ मा पाँच दशमलव ४८, २०७८-०७९ मा पाँच दशमलव ४९, २०७९-०८० मा सात दशमलव ६२ प्रतिशत रहेको चुहावट आर्थिक वर्ष २०८०-०८१ मा छ दशमलव ५२ मा रहेको थियो । यस आवमा भने यस विगत वर्षका भन्दा कम चुहावट भएको पाइएको श्रेष्ठले बताए ।
चुहावट नियन्त्रणका लागि सचेतना अभिवृद्धिलगायत विभिन्न कार्यक्रम गर्नाका साथै समाजमा साक्षरता बढेसँगै चुहावटमा कमी आएको उनको बुझाइ छ ।
विद्युत् चुहावटमा कमी आएसँगै ग्राहकको सङ्ख्या थपिएको छ । आर्थिक वर्ष २०७६-७७ मा ५७ हजार चार सय ६८ ग्राहक रहेको यस कार्यालयमा हाल ७२ हजार ८१ ग्राहक पुगेको छ ।
आर्थिक वर्ष २०७६-७७ मा १६ दशमलव दुई करोड युनिट विद्युत् खपत भएको यस केन्द्रले हाल २२ दशमलव तीन करोडभन्दा बढी विद्युत् बिक्री गर्दै आएको छ ।
पछिल्लो समय अनलाइन महसुल बुझाउने ग्राहकको सङ्ख्यासमेत बढ्दै गएको छ । आर्थिक वर्ष २०७६-७७ मा ३४ प्रतिशत ग्राहकले अनलाइनबाट विद्युत् महसुल बुझाउने गरेकामा हाल ६२ प्रतिशत ग्राहकले अनलाइन विद्युत् महसुल बुझाउने गरेका छन् ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया