बिहीबार, फागुन २८, २०८२

भारतको ट्रेड फेयर ‘आहार’मा काबरा ग्रुपको बिस्कुट, नूडल्स तथा स्न्याक्सहरू प्रदर्शन

मेरोन्यूज २०८१ फागुन २६ गते २०:१६

काठमाडौं । भारतस्थित दिल्लीको प्रगति मैदानमा मार्च ४ देखि ८, २०२५ सम्म भव्यताका साथ आयोजित भारतकै सबैभन्दा ठूलो ट्रेड फेयर ‘आहार’ हिजो मार्च ८, २०२५ मा समापन भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

उक्त ट्रेड फेयरमा पहिलो पटक नेपालबाट सहभागी काबरा ग्रुपले क्वालिटी फूड एण्ड स्न्याक्स प्रा.लि., क्वालिटी फूड्स नेपाल प्रा.लि. र क्वालिटी नूडल्स इण्डष्ट्रिज प्रा.लि. का लोकप्रिय उत्पादनहरू बिस्कुट, स्न्याक्स तथा नूडल्सहरू ‘आहार’ ट्रेड फेयरमा राखेको थियो ।

प्रगति मैदानमा आयोजित ‘आहार’ ट्रेड फेयरमा आकर्षक रुपमा सिंगारिएको स्टलमा प्रदर्शित बिस्कुट, नूडल्स तथा स्न्याक्सहरू अवलोकनकर्ताहरूको आकर्षणको केन्द्रमा रहेको थियो भने केटाकेटीदेखि युवा र प्रौढदेखि बृद्धबृद्धासम्मलाई सुहाउँदो बजारमूल्यमा नौलो स्वाद र आकर्षक प्याकेजिङका साथ प्रस्तुत गरेको ‘ज्याकपट’ ब्राण्डका नूडल्स तथा स्न्याक्सहरूप्रति सर्वसाधारण देखि उद्योगी व्यवसायीहरूले अवलोकनको क्रममा देखाएको उत्सुकता, स्थानीय तथा तेश्रो मुलुकका व्यवसायीहरूको उत्साहजनक उपस्थितिका साथै व्यावसायिक सोधखोज, छलफल र अन्र्तकृया समेत सम्पन्न गर्न सफल भएको सो ट्रेड फेयरमा भारतीय व्यवसायीहरूले प्रदेश र क्षेत्रगत सुपर डिष्ट्रिब्युटर्स, सोल डिष्ट्रिब्युटर्स र रिजनल डिष्ट्रिब्युटर्सको प्रस्तावनाहरू पेश गरेका छन् भने तेश्रो मुलुकबाट आएका व्यवसायीहरूले पनि डिष्ट्रिब्युटरका लागि आ—आप्mनो प्रस्तावहरू पेश गरेका छन् ।

‘आहार’ ट्रेड फेयरमा प्राप्त भएको यो सफलताले प्रोत्साहित काबरा ग्रुपले आउँदो वर्षमा अनुमानित २०० करोड माथिको निर्यात गर्ने लक्ष्य राखेको छ ।

ग्रुपअन्तर्गतका बिस्कुट, स्न्याक्स तथा नूडल्स उद्योगहरू वर्तमानमा श्याम काबराका छोरा सिद्धार्थ काबरा र राजेश काबराका छोरा मिलिन्द काबराले सम्हालिरहेका छन् । विषयगत अध्ययन, राष्ट्रिय अन्तर्राष्ट्रिय बजारलाई नजिकबाट हेर्दै आएका सिद्धार्थ काबरा र मिलिन्द काबरा जागरिलो र मिजासिलो हुनुका साथै सबै तह र तप्काहरूलाई साथ लिएर हिड्न हिडाउन सक्ने क्षमता भएका युवा पुस्ता हुन् ।

उद्योगहरूको जिम्मेवारी सम्हालेको छोटो समयमा नैं उनीहरूले कारोवारमा दिनानुदिन बृद्धि गर्दै विशेषतः नूडल्स तथा स्न्याक्स सेगमेण्टमा ‘KAB’S JACKPOT’ लाई भारतीय बजारमा एक स्थापित ब्राण्डको रुपमा ब्राण्डिङ गराउन सफल भएका छन् भने सार्क मुलुकका अन्य देशहरू लगायत तेश्रो मुलुकमा आज पनि निर्यात गर्दै आइरहेका छन् ।

प्रतिक्रिया