अल नासर एएफसी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
मेरोन्यूज
२०८१ फागुन २७ गते ८:०१

काठमाडौँ । अल नासर एएफसी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा इरानी क्लब इस्टेघलाल एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-० को नतिजासहित अल नासर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
यस खेलमा जोन दुरानले २ गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए । साथै यस खेलमा खेलको पहिलो हाफको इन्जुरी समयमा मेहरान अह्मादीले रातो कार्ड पाएपछि इस्टेघलाल १० खेलाडीमा सिमित भएको थियो । यस अघिको राउण्ड १६ को पहिलो लिग गोलरहित बराबरीमा सकिएको थियो ।
अब क्वाटरफाइनलमा अल नासरले कतारी क्लब अल साडसँग खेल्ने छ ।
सम्बन्धित
















नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
‘राइड सेयरिङ’ का एक सय ७५ जना चालकलाई कारबाही
मुस्ताङ भन्सारबाट पौने ६ अर्ब राजस्व सङ्कलन
१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया