प्रचण्ड संसदमा बोल्दा प्रधानमन्त्री आज पनि अनुपस्थित हुने
मेरोन्यूज
२०८१ फागुन २७ गते १२:३३

काठमाडौं । आज (मंगलबार) को प्रतिनिधसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन् ।
सोमबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रचण्डले संसदलाई सम्बोधन गर्ने कार्यसुची तय गरिएको थियो ।
संसद बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रचण्डले सम्बोधन गर्नेदिन प्रधानमन्त्री केपी शर्मा ओली भने प्रतिनिधि सभामा अनुपस्थित रहने भएका छन् । ओली आजै कोशी प्रदेश सभामा सम्बोधन गर्न विराटनगर जाने भएपछि अनुपस्थित हुने भएका हुन् ।
यसअघि गत माघ २४ गते प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले प्रतिनिधि सभामा सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए । प्रधानमन्त्रीलाई संसदमा नदेखेपछि सम्बाेधनकै क्रममा प्रचण्डले गुनासो गरेका थिए ।
सम्बन्धित













खैरो हेरोइनसहित एक जना पक्राउ
Trump Announces Formation of Gaza Peace Council
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
Slight increase in gold and silver price
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया