विश्वव्यापी शेयर बजारमा गिरावट
मेरोन्यूज
२०८१ फागुन २७ गते १३:४५

काठमाडौँ । अमेरिकी आर्थिक मन्दीको चिन्ताका कारण विश्वव्यापी सेयरबजारमा गिरावट आएको छ।
एसियाली सेयर बजारमा पनि गिरावट आएको छ । यसको कारण प्रमुख कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति रहेको विश्लेषण गरिएको छ ।
सम्भावित आर्थिक मन्दीको चिन्ताको बारेमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले अमेरिकी अर्थतन्त्र संक्रमणको चरणबाट गुज्रिरहेको आसयको अभिव्यक्ति दिएपछि विश्वको सेयर बजारमा उच्च गिरावट देखिएको हो ।
यद्यपि ट्रम्पले अर्थतन्त्रको बारेमा कुनै प्रत्यक्ष टिप्पणी गरेका छैनन् भने उनका शीर्ष अधिकारीहरू र सल्लाहकारहरूले लगानीकर्ताहरूलाई नआत्तिन आग्रह गरेका छन् ।
मंगलबार सेयर बजार खुल्दा जापानको निक्केई २२५ १.७ प्रतिशतले घटेको थियो। दक्षिण कोरियाको स्टक इन्डेक्स कोस्पी १.५ प्रतिशतले र हङकङको ह्याङसेङ इन्डेक्स ०.७ प्रतिशतले घटेको छ।
सम्बन्धित














माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गाकाे व्यवस्था
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया