निषेधाज्ञा अवधिभर सुन आयात र वितरण प्रभावित हुने
आज सुनको मुल्य घटेको छ

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न प्रमुख शहरहरुमा जारी निषेधाज्ञाका कारण सुन आयात प्रभावित हुने भएको छ । निषेधज्ञा जारी भएका जिल्लाहरूमा सुनको कारोबार नहुन र यस्तो अवस्थामा बैंकहरुले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो देखाएकाले समेत सुन आयातमा प्रभावित हुने भएको हो ।
नेपाल सनुचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । यद्यपि, केही जिल्लामा कारोबार सुरु रहेकाले महासंघले सुनको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । उनले अधिकांश स्थानको व्यवसाय नै बन्द रहेको र ग्राहक पनि पसलसम्म जान सक्ने अवस्था नरहेकाले सुन आयातमा प्रभावित हुने भएको हो । अहिले महासंघले दैनिक २० किलो सुन आयात गर्दै आएको थियो ।
सुनको आयातलाई व्यवसाय सुरु भएपछि निरन्तरता दिँदा अहिले रोकिएको समेत गरी थप सुन व्यवसायीकै हातमा पर्न जान्छ । अहिले दैनिक २० केजीका दरले सुन वितरण गर्दा सिमित व्यक्तिको हातमा पर्ने वास्तविक व्यवसायी तथा उपभोक्ताले त्यो नपाउने अवस्था आउन सक्ने आशंका व्यवसायीले गरेका छन् ।
महासंघका प्रवक्ता मनोज कुमार शाहले कारोबार सुरु रहेका जिल्लाहरुका लागि स्थनीय स्तरमा नै सुनको बिक्री वितरणको व्यवस्था मिलाउन बैंकर्ष एशोसिएशनसँग आग्रह गरिएको बताए । यसका लागि व्यवसायी र एशोसिएसनबीच आवश्यक परामर्श भइरहेको उनको भनाई छ ।
कारोबार सुरु रहेका जिल्लामा विशेष स्वास्थ्य सुरक्षा अपनाएर कारोबार गर्न समेत उनले व्यवासयीलाई आग्रह गरेका छन् । विगतमा लकडाउन हुँदा वास्तविक व्यवसायी र ग्राहकले सुन उपभोग गर्न नपाएको महासंघले जनाएकाे छ । गत वर्ष बन्दको अवधिमा भण्डै पाँच सय किलो सुन बैंकमा थुप्रिए पनि बजार खुलेको केही दिनमै उक्त सुन सकिएको थियो । तर, यत्रो सुन कहाँ गयो भन्ने तथ्यांङ महासंघसँग छैन । यसर्थ, सुन गायब नहोस् भन्नेतर्फ महासंघ सचेत बनेको छ ।
सामान्यतया व्यवसायीको सिफरिसबिना नै बैंकहरुले सुन बिक्री गरेकाले उक्त तथ्यांङ महासंघसँग नभएको हो । सरकारले निषेधाज्ञा गरेको अवस्थामा केही व्यापारीले जति सुन ल्याए पनि उठाउँछौँ भन्नु आफैमा चलखेल भएको महासंघले जनाएको छ ।
यसैबीच कारोबार हुने साताको अन्तिम दिन सुन प्रतितोला ९ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा किनबेच भएको सुन आज ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्यमा प्रतितोला २० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

















आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
प्रतिक्रिया