२५ गतेको भिड ट्रायल मात्र हो, नेताहरू लुक्ने ठाउँ खोज्नु : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले गत २५ फागुनमा काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा देखिएको भिड ‘ट्रायल’ मात्रै भएको बताएकी छिन् ।
उनले आगामी दिनमा राजाको पक्षमा यस्तो भीड बढ्दै जाने भएकाले गणतन्त्रवादीहरू लुक्ने ठाउँ खोज्दै गर्न आग्रह गरेकी छन् ।
उनले भनिन् ‘एकजना मित्रले भूत देख्नुभएछ । लेनिनको भूत हो की माओवादीको भूत हो प्रश्न गर्न चाहन्छु ?’, उनले भनिन् ‘अर्का मित्रले राजाको जयजयकार गरेको र नेताहरू जिल्ला जाँदा मुर्दावाद भनेको सुन्नुभएन होला । यो त मित्र ट्रायल मात्र हो ।’
उनले आगामी दिनमा राजाको पक्षमा ७३ जिल्लाका मन्छे थपिए नआत्तिन सुझाव समेत दिइन् ।
‘त्यसबेला लुक्ने ठाउँ खोज्नुहोला । २५ गतेको भिड नालायक सरकारले जन्माएको हो । जति दिन यो सरकारमा बस्नुहुन्छ त्यति भीड बढ्दै जानेछ’, कार्कीले भनिन् ।















प्रतिकूल मौसमका कारण रेसुङ्गा विमानस्थलमा उडान प्रभावित
मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
खाडीमा इरानी आक्रमण, कच्चा तेलको मूल्य १०० डलर नाघ्यो
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
प्रतिक्रिया