नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य

काठमाडौँ । नामिबियाले नेपाललाई १२६ रनको लक्ष्य दिएको छ ।युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत नामिबियाले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको हो ।
नामिबियाको लागि यसमीन खानले सर्बाधिक ४५ रन बनाइन् भने अरस्ता डिएरगार्टले १६ र विल्का एम्वाटिलले २० तथ् सुने विटम्यानले १५ रन बनाएकी थिइन् ।
त्यसैगरी नेपाली बलर इश्वरी विष्टले ३ विकेट लिएकी थिइन् भने रचना चौधरीले २ तथा इन्दु बर्मा र रिया श्रेष्ठले एक एक विकेट लिएका थिए ।
यस सिरिजमा नेपालले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ । नेपालले यस अघि नामिबिया र हङकङसँग हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो । त्यस्तै नामिबियाले पनि ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।
नेपालले मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया