पीएम कप: सुदूरपश्चिममाथि आर्मीको सहज जित

काठमाडौँ । जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।
सुदूरपश्चिमले दिएको ११८ रनको लक्ष्य पछाएको आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
आर्मीको जितमा सन्तोष कार्कीले ५५ रन बनाएका थिए । सन्तोषले लगातार दोस्रो खेलमा अर्धशतक बनाएका छन् । उनले पहिलो खेलमा बागमतीविरुद्ध ७६ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले ४५.३ ओभरमा अल आउट हुदै ११७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि निश्चल बोहोराले ४९ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर शहाब आलमले ४ विकेट लिएका थिए भने सोमपाल कामीले २ विकेट लिएका थिए ।
यो जितपछि आर्मीको २ खेलमा ४ अंक भएको छ भने सुदूरपश्चिमको ३ खेलमा एक जित र २ हारसहित २ अंक रहेको छ ।















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज चैत ८ गते आइतबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया