बुधबार, फागुन २७, २०८२

प्रतिगामी षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा उतार्छौं : प्रचण्ड

मेरोन्यूज २०८१ फागुन २८ गते १७:५१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा उतारेर खबरदारी गरिने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार बुटवलमा मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौँ राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै प्रचण्डले इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्त्वहरूले गरेको षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा उतारेर खबरदारी गरिने बताए।

उनले अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र बिचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर प्रतिगामी तत्त्वहरूले धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाए ।

गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि सबै परिवर्तनकारी शक्ति र जनतालाई लिएर जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको प्रचण्डले स्पष्ट पारे ।

प्रतिक्रिया