महिला क्रिकेटरको ग्रेडिङ : इन्दु र पूजासहित चार खेलाडी ग्रेड ‘ए’मा

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला क्रिकेटरको ग्रेडिङ सार्वजनिक गरेको छ ।
बुधबार सार्वजनिक भएको ग्रेडिङ अनुसार, ग्रेड ‘ए’मा राष्ट्रिय महिला टिमकी कप्तान इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री र सीता राना मगर परेका छन् ।
ग्रेड ‘बी’ मा कविता जोशी पर्दा ग्रेड ‘सी’मा कविता कुँवर र सम्झना खड्का परेका छन् । यसअघि ग्रेड ‘बी’ मा रहेकी कुँवर ग्रेड ‘सी’मा झरेकी हुन् ।
यस्तै, ग्रेड ‘डी’मा विन्दु रावल, अलिशा यादव, सना प्रविन, रिया शर्मा, सिमाना केसी, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, कृष्मा विष्ट, ज्योत्सिना मरासिनी, रचना चौधरी र मनिषा उपाध्याय परेका छन् ।
महिलातर्फ ग्रेड ‘ए’का खेलाडीले ५० हजार, ग्रेड ‘बी’का खेलाडीले ३५ हजार, ग्रेस ‘सी’का खेलाडीले २५ हजार र ग्रेड ‘डी’का खेलाडीले २० हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने क्यानले जनाएको छ ।










यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
एनपिएलः आज दुई खेल हुँदै
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया