विराट गोल्ड कपको उपाधि थ्री स्टारलाई
मेरोन्यूज
२०८१ फागुन २९ गते ७:२६

मोरङ ।विराट गोल्ड कप फुटबलको उपाधि ललितपुरको थ्री स्टार क्लबले जितेको छ ।
बुधबार साँझ विराटनगरको शहीद रङ्गशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले हराउँदै थ्री स्टारले उपाधि जितेको हो ।विराट गोल्ड कप ट्रष्टद्वारा आयोजित रात्रिकालीन प्रतियोगितामा थ्री स्टारका खेमराज श्रेष्ठ र दीपेश घलेले एक–एक गोल गरेका थिए ।
प्रतियोगिताको विजेता टोली थ्री स्टारले नगद ११ लाख र उपविजेता चर्च ब्वाइज युनाइटेडले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।थ्री स्टारका खेलाडी खेमराज ‘बेस्ट प्लेयर अफ टुर्नामेन्ट’ घोषित भई ५१ हजार रुपैयाँ प्राप्त गरे । सोही टोलीका क्याप्टेन एकराज बुढाथोकीलाई ‘म्यान अफ प्लेयर’ वापत ११ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
प्रतियोगितामा भारतका दुई र नेपालका विभागीयसहित १० वटा टोली सहभागी थिए ।
सम्बन्धित









इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह
लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १४४ रनको लक्ष्य
प्रेस काउन्सिलले मेरो न्यूजलाई पत्र काटेकोमा काउन्सिलकै सदस्यकाे फरक मत
कान्तिपथमा कारको ठक्करबाट एक जनाको मृत्यु
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
प्रतिक्रिया