युरोपेली संघले पनि अमेरिकालाई कर लगाउने

काठमाडौँ । युरोपेली संघ (ईयू) ले अमेरिकी सामानहरूमा पनि बदलास्वरूप कर लगाउने बताएको छ ।
युरोपेली संघले सबै स्टील र आल्मुनियम आयातमा अमेरिकी करको जवाफमा २६ अर्ब युरो (२१.९ अर्ब पाउण्ड, २८.३ अर्ब डलर) मूल्यका अमेरिकी सामानहरूमा प्रतिशोधात्मक कर लगाउने बताएको छ ।
ईयू अध्यक्ष उर्सुला भोन डेर लेयनले भनेकी छन्- ‘हामी अर्थपूर्ण वार्तामा संलग्न हुन तयार छौं । मैले व्यापार आयुक्त मारोस सेकोभिकलाई राम्रो समाधान खोज्न संयुक्त राज्य अमेरिकासँगको हाम्रो वार्ता पुनः सुरु गर्ने जिम्मेवारी दिएको छु । शुल्क भनेको कर हो । शुल्क व्यवसायको लागि हानिकारक हुन्छ, उपभोक्ताहरूको लागि अझ खराब हुन्छ । यी शुल्कहरूले आपूर्ति शृङ्खलालाई बाधा पुर्याइरहेका छन् । शुल्कले अर्थतन्त्रमा अनिश्चितता ल्याउँछ । ईयूले उपभोक्ता र व्यवसायको सुरक्षा गर्न कदम चाल्नुपर्छ । आज हामीले लिइरहेका प्रतिरोधात्मक उपायहरू कठिन छन्, तर उपयुक्त छन् ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इयुबाट आयात हुने स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाएका थिए । अब ईयूले पनि अमेरिकालाई सोहि बमोजिम बदलास्वरूप कर लगाउने भएको छ ।
















विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
प्रतिक्रिया