झापामा जंगली हात्ती मृत फेला

झापा । झापाको जलथलमा बुधबार बिहान एउटा जंगली हात्ती मृत फेला परेको छ। सडिसकेको कारण हात्ती केही दिन अघि नै मरेको अनुमान गरिएको छ।
कचनकवल गाउँपालिका वडा नम्बर-७ स्थित पाथीभरा सामुदायिक वनमा जंगली हात्ती मृत फेला परेको हो। यस विषयमा सामुदायिक वन उपभोक्ता समितिले डिभिजन वन कार्यालय झापालाई जानकारी गराएको छ।
मृत हात्ती फेला परेको जानकारीपछि डिभिजन वन कार्यालयको टोली त्यसतर्फ गएको छ।
हात्ती के कारणले मरेको हो भन्ने खुल्न बाँकी रहेको डिभिजन वन कार्यालय झापाका अधिकृत जीवन पाठकले जानकारी दिए। उनका अनुसार, ३–४ वटा जंगली हात्ती मृत हात्तीको वरिपरि बसेकाले त्यहाँ पुग्न समस्या छ।
बिहानैदेखि त्यहाँ वन कार्यालयका कर्मचारीसहितको टोली परिचालित गरिएको छ।
झापामा आर्थिक वर्ष २०६७र०६८ सालदेखि आर्थिक वर्ष २०८०र०८१ सम्म हात्तीको आक्रमणबाट ६८ जना मानिसको मृत्यु भएको छ। यस अवधिमा २१ वटा हात्ती पनि मृत फेला परेका छन्। हात्तीको आक्रमणबाट मृत्यु भएकामध्ये ८ जना गैर नेपाली रहेका प्रहरीले जनाएको छ।















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया