झापामा जंगली हात्ती मृत फेला

झापा । झापाको जलथलमा बुधबार बिहान एउटा जंगली हात्ती मृत फेला परेको छ। सडिसकेको कारण हात्ती केही दिन अघि नै मरेको अनुमान गरिएको छ।
कचनकवल गाउँपालिका वडा नम्बर-७ स्थित पाथीभरा सामुदायिक वनमा जंगली हात्ती मृत फेला परेको हो। यस विषयमा सामुदायिक वन उपभोक्ता समितिले डिभिजन वन कार्यालय झापालाई जानकारी गराएको छ।
मृत हात्ती फेला परेको जानकारीपछि डिभिजन वन कार्यालयको टोली त्यसतर्फ गएको छ।
हात्ती के कारणले मरेको हो भन्ने खुल्न बाँकी रहेको डिभिजन वन कार्यालय झापाका अधिकृत जीवन पाठकले जानकारी दिए। उनका अनुसार, ३–४ वटा जंगली हात्ती मृत हात्तीको वरिपरि बसेकाले त्यहाँ पुग्न समस्या छ।
बिहानैदेखि त्यहाँ वन कार्यालयका कर्मचारीसहितको टोली परिचालित गरिएको छ।
झापामा आर्थिक वर्ष २०६७र०६८ सालदेखि आर्थिक वर्ष २०८०र०८१ सम्म हात्तीको आक्रमणबाट ६८ जना मानिसको मृत्यु भएको छ। यस अवधिमा २१ वटा हात्ती पनि मृत फेला परेका छन्। हात्तीको आक्रमणबाट मृत्यु भएकामध्ये ८ जना गैर नेपाली रहेका प्रहरीले जनाएको छ।














ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
प्रतिक्रिया