रेशम हराएपछि किम्बु बन्यो पशु आहारा, तीन लाख बिरुवा उत्पादन हुँदै

चितवन । व्यावसायिक रूपमा रेशम खेती गर्ने किसान नभएपछि यहाँ उत्पादन गरिने किम्बुका बिरुवा पशु आहारा बनेको छ । रेशम कीरालाई खुवाउन लगाइने किम्बु अहिले पशु चौपायका लागि पोषिलो आहारा बनेको हो ।
भण्डारास्थित व्यावसायिक कीट विकास फार्म प्राविधिक पवनकुमार यादवका अनुसार कार्यालयमा चार बाकस रेशमका फूल ल्याइएको छ । ती बाहेक अन्यत्र निजी क्षेत्रमा रेशम खेती गर्ने किसान पलायन भएका छन् । यहाँ उत्पादन हुने किम्बुका बिरुवा यस क्षेत्रका किसानले गाई भैँसी र बाख्राको आहाराका लागि लिने गर्दछन् ।
कार्यालयले चालु आर्थिक वर्षमा तीन लाख बढी किम्बुका बिरुवा उत्पादन गर्ने जनाएको छ । फार्मले चार हेक्टर क्षेत्रफलमा ती बिरुवा उत्पादन गर्न लागेको हो । यादवका अनुसार असारमा बिरुवा बिक्री गरिन्छ । बागमती प्रदेशभित्रका स्थानीय तह र सहकारीले धेरै बिरुवा खरिद गरेर अनुदानमा बढ्ने गर्दछन् । ती बिरुवा पशु चौपाय आहारका लागि किसानलाई बढ्ने गरिन्छ ।
सुरुआती समयमा रेशम खेतीका लागि किम्बुको प्रयोग गर्ने गरिएको भए पनि अहिले रेशमखेती हुन छाडेपछि पशुपालन गर्ने किसानले घाँसको रूपमा प्रयोग गर्न थालेका हुन । उत्पादित बिरुवा चितवनसहित रामेछाप, दोलखा, सिन्धुली, गोरखा, धादिङलगायतका जिल्लामा जाने गरेको छ ।
प्रतिबिरुवा रु. पाँचको दरले बिक्री गर्ने गरिएको छ । उनले भने, “रेशमखेती गर्न कृषकले छोडेपछि अहिले पशुपालन गर्ने किसानले किम्बुका बिरुवा घाँसका लागि लैजाने गरेका छन् ।” कार्यालयले अहिले कानमा जातको किम्बु लगाउने गरेको छ । यसमा २१ प्रतिशत प्रोटिन र ११.५ प्रतिशत कार्बोहाइडेड हुने गर्दछ । जसका कारण रेशम कीराले सहजै पचाउन सक्ने हुँदा रेशमको रोजाइमा पर्ने गर्दछ । यो पशु चौपायका लागि पनि उपयुक्त घाँस हुने उनी बताउँछन् ।
रेशमखेती झन्झटिलो हुने र त्यसको उचित मूल्य नपाउँदा यहाँका किसानले खेती गर्न छाडेका हुन् । सरकारले कोकुनको मूल्य प्रतिकिलो रु. ३७५ तोकेको थियो । यो मूल्यमा लागत नउठ्ने र किन्ने ग्राहक समेत नपाउने भएपछि किसानले खेती गर्न छाडेका हुन् । पहिले पहिले सरकारले रेशमपालनका लागि विभिन्न शीर्षकमा अनुदान दिने भए पनि पछिल्लो समय अनुदान समेत हटाएपछि किसान पलायन हुन थालेका हुन् ।
कार्यालयका सूचना अधिकारी कमलनयन पन्तका अनुसार सुरुमा माडीलाई रेशम खेतीको पकेट क्षेत्रको रूपमा विकास गरिएको भए पनि अहिले त्यहाँका किसानले यो व्यवसाय छाडेका छन् । यसअघि मकवानपुरलगायतका जिल्लामा पनि रेशमपालन हुने गरेको थियो ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया