पीएम कप: कर्णालीमाथि आर्मीको फराकिलो जित

काठमाडौँ । जारी पीएम कपमा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
आर्मीले दिएको २६३ रनको लक्ष्य पछाएको कर्णालीले ३७.१ ओभरमा अलआउट हुदै १३५ रन मात्र बनाएको थियो । कर्णालीका लागि प्रकाश जोशीले अविजित ५० रन बनाएका थिए भने विपिन रावलले २३ रन बनाएका थिए ।
त्यस्तै आर्मीका बलर शाहाब आलमले सर्बाधिक ३ विकेट लिए भने सोमपाल कामी, आकाश चन्द र कुशल मल्लले २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाउदै २६२ रन बनाएको थियो । आर्मीका लागि ट्रीत राज दासले सर्बाधिक ६९ रन बनाए भने कप्तान विनोद भण्डारीले ५६ रन बनाएका थिए ।
त्यस्तै भिम सार्कीले ४० र बसिर अहमदले ३६ रन बनाएका थिए । त्यसैगरी कर्णालीका प्रकाश जोशीले ४ र दिनेश अधिकारीले ३ विकेट लिएका थिए ।
यो जितपछि आर्मीले ३ खेलमा ६ अंक हासिल गर्दै शिर्ष स्थानमा उक्लिएको छ भने कर्णालीको ३ खेलमा २ हार र एक जितसहित २ अंक रहेको छ ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया