एमसीसी पारित गर्न नहुने भन्नेलाई कांग्रेस सभापति देउवाले सोधे, – ‘कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसी पारित गर्दा नेपालमा अमेरिकी सेना नआउने वताएका छन् । एमसीसी बारे अनेक भ्रम र हल्ला फैलाएको भन्दै सभापति देउवाले एमसीसी पारित गर्न नुहने भन्नेहरुलाई नै प्रश्न गदैं भने, –‘हरेक भ्रम फैलाइएको छ। अमेरिकी सेना आउँछ भनेर, कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना ?
संसदमा एमसीसी २०७४ भदौंबाट अनुमोदनका लागि पुगेपनि अल्झेर वसिरहेको छ । सभापति देउवाले त्यसलाई पारित गरेर जानुपर्नेमा जोड गरिरहेका छन् ।
बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसिसीको प्रक्रिया अगाडि बढेको र आफ्नो नेतृत्वमा रहेको सरकारले मन्त्रिपरिषदबाट पास मात्रै गरेको उल्लेख गर्दै देउवाले एमसिसी सितैमा पाइएको ठूलो अनुदान भएको पनि बताए।
‘यो मेरो पालामा मन्त्रिपरिषदबाट पास मात्रै गरेको हो, यो ठूलो अनुदान रकम हो, ब्याज तिर्नु पर्ने पनि होइन।’ देउवाले आफ्नै निवास वुढानिलकन्ठमा आयोजना गरेको पत्रकार सम्मेलनमा भने ।










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया