‘ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न बहुमत छैन, यद्यपि प्रयास जारी छ’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजान बहुमत नपुग्ने बताएका छन् । आज दिउँसो आफ्नै निवासमा कोरोना भाइरस (कोभिड–१९)बारे पार्टीको आधिकारिक धारणा पेश गर्न डाँकिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीविरुद्ध विपक्षी दलहरु मिलेर अविश्वासको प्रस्ताव लैजाने भन्ने कुरा के हुँदै छ ? भन्ने पत्रकारहरुको प्रश्नमा सभापति देउवाले आफूहरु सबै दल मिले पनि बहुमत नपुगेको बताए । उनले भने, ‘अविश्वासको प्रस्ताव लैजान बहुमत चाहिन्छ कि चाहिँदैन ? बहुमत त चाहिन्छ नि !, अहिलेको अवस्थामा बैकल्पिक सरकार बन्न सक्ने अवस्था छैन, यद्यपि पहल जारी छ ।’
उनले वैकल्पिक सरकार गठनका लागि तत्काल जनता समाजवादी पार्टी (जसपा)ले निर्णय गरेर आउनेमा पनि आफू विश्वस्त नभएको बताए ।
यस्तै, सभापति देउवाले देशमा कोरोना संक्रमण थेग्नै नसक्ने गरी ह्वात्तै बढेको बताएका छन् । ‘अधुरा कामलाई पनि भीडभाड गरी उद्घाटन गर्न सरकारले हतार गरेको हुँदा कोरोना संक्रमण बढेको हो,’ उनले भने, ‘प्रधानमन्त्रीले गर्दा देशमा लकडाउन गर्नु पर्ने अवस्था आयो ।’
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया