ट्रम्पको नीतिले असर पुग्ने टेस्लाको टिप्पणी

काठमाडौँ । अर्बपति व्यवसायी एलन मस्कको कम्पनी टेस्लाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धिको बदला लिने हो भने आफू र अन्य अमेरिकी निर्यातकर्ताहरूले नोक्सान बेहोर्नुपर्ने चेतावनी दिएको छ ।
टेस्लाले विद्युतीय कार बनाउँछ । मस्क अमेरिकी राष्ट्रपतिका घनिष्ठ सहयोगी हुन् र संघीय सरकारको खर्च घटाउने प्रयासहरूको नेतृत्व गरिरहेका छन् ।
अमेरिकी व्यापार प्रतिनिधिलाई पठाइएको हस्ताक्षर नगरिएको पत्रमा, टेस्लाले ‘निष्पक्ष व्यापार’ लाई समर्थन गर्ने तर यदि अन्य देशहरूले अमेरिकी करहरूको प्रतिक्रिया दिए भने, अमेरिकी निर्यातकर्ताहरू गम्भीर रूपमा प्रभावित हुने डर रहेको बताएको छ ।
यो पत्र त्यही दिन लेखिएको थियो जब ट्रम्पले ह्वाइट हाउसमा मस्कलाई समर्थन गरेका थिए र टेस्ला कारहरू किन्ने वाचा गरेका थिए ।
यस वर्षको सुरुवातदेखि नै टेस्लाको शेयर मूल्य ४० प्रतिशतले घटेको छ भने अहिले घरेलु बजारमा टेस्लाले बहिष्कार र विरोधको सामना गरिरहेको छ ।
यस हप्ताको सुरुमा लागू भएको स्टील र आल्मुनियम आयातमा अमेरिकाले लगाएको करको विरोधमा युरोपेली संघ र क्यानडा दुवैले ठूलो प्रतिशोधात्मक कदम चाल्ने धम्की दिएका छन्।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया