बारीमा उम्रिएको च्याउ खाँदा दशजना बिरामी
मेरोन्यूज
२०८१ चैत १ गते १०:०३

तनहुँ– बारीमा उम्रिएको च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलका दशजना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका–६ सर्वलाङका नारायण मगरले बारीमा उम्रिएको च्याउ शुक्रबार साँझ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा दशजना बिरामी भएका हुन् ।
बिरामी हुनेमा व्यास नगरपालिका–६ का गुरुबहादुर पुलामी, सुरेन्द्रबहादुर पुलामी, नारायण मगर, पवित्रा मगर, तिलबहादुर थापा मगर, चक्रबहादुर पुलामी, आरती पुलामी, केशव पुलामी, सीता पुलामी र चार वर्षीय सविन पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए ।
बिरामी सबैको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
प्रतिक्रिया