बुधबार, वैशाख २, २०८३

सभापति देउवाद्वारा शोक व्यक्त

मेरोन्यूज २०८१ चैत १ गते १३:१९

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका कोषाध्यक्ष एवं पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठकी ८९ वर्षीया आमा लीलादेवी श्रेष्ठको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सभापति देउवाले आज शोक विज्ञप्ति निकालेर  स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना गरेका छन्। उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।

 उनको आज अपराह्न पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेपाली काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया