मुम्बई इण्डियन्सले जित्यो महिला प्रिमियर लिगको उपाधि

काठमाडौँ । तेस्रो सिजनको महिला प्रिमियर लिगको उपाधि मुम्बई इन्डियन्सले जितेको छ ।
मुम्बईको ब्राबोर्न स्टेडियममा खेलिएको फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको महिला टिमलाई ८ रनले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो ।
मुम्बईले दिएको १५० रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउदै १४१ रन मात्र बनाएपछि मुम्बई ८ रनले विजयी भएको हो । यस अघि मुम्बईले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १४९ रन बनाएको थियो ।
आइपिएलको लोकप्रियतापछि भारतीय क्रिकेट बोर्डले शुरु गरेको महिला प्रिमियर लिगको यो तेस्रो सिजन हो । जसमा मुम्बईले २०२३ को पहिलो र यो सिजन गरि दुई उपाधि जितेको छ भने २०२४ को उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुले जितेको थियो ।
महिला प्रिमियर लिगमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सका आलावा गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु र युपी वारिओर्ज गरी पाँच टिम खेल्ने गर्दछन् ।
















नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया