राजनीतिमा निष्ठाभाव महत्त्वपूर्ण पक्ष : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले राजनीतिज्ञमा निष्ठाभावको ठूलो महत्त्व हुने औंल्याएका छन्। रामहरि ढुंगेल स्मृति प्रतिष्ठानद्वारा आयोजित ढुंगेलको आठौं स्मृति सभालाई सम्बोधन गर्दै महरले उक्त कुरा औंल्याएका हुन्।
नेताहरूको सात्त्विक जीवनशैली हुनुपर्ने र त्यसलाई जनताले पनि स्वीकार गर्नुपर्ने उनको भनाइ छ। ‘सामान्य जीवनशैली बनाएर पार्टीको नेतृत्व लिन सक्ने, उम्मेदवार बन्न सक्ने र त्यस्ता उम्मेदवारलाई जनताले जिताउन सक्ने वर्तमान अवस्था समीक्षाको पाटो हो। र, पनि ढुंगेल जस्तै निष्ठा बोकेको नेताको मुलुकमा खाँचो छ,’ उनले भने।
त्याग, आदर्श र निष्ठाभावका साथ गरिएको राजनीतिले पुर्याएको योगदानको चर्चा चिरस्मरणीय रहने उनले बताए। ‘आज राजनीतिमा त्याग आदर्श र निष्ठाभावको अभाव छ। त्यसैले राजनीतिप्रति हरेक तर्फबाट राम्रो सोच छैन। राजनीति गर्ने मान्छे स्वच्छ छैन, पारदर्शी छैन, नैतिक छैन भन्ने भाव जनतामा छ। त्यो चिर्न आवश्यक छ,’ महरले भने।
परिवर्तनशील समयसँग हिजोको जस्तै राजनीति खोज्न सम्भव नभए पनि त्यसका भित्री सिद्धान्त मर्न नदिनेतर्फ भने सदैव सचेत रहनु पर्ने महरले औंल्याएका छन्। ‘समाजभित्र संस्कृति जोगाउनुपर्छ। इतिहासको रक्षा गर्नुपर्छ। हामीले बाटो बिराउनु हुँदैन। इतिहासको असल बाटो मेट्नु हुँदैन, त्यसको दायरा फराकिलो पार्दै अगाडि बढ्नुपर्छ। त्यसैले निष्ठा र आदर्श बोकेको राजनीतिको बाटोलाई सबैले फराकिलो पार्दै जानुपर्छ,’ उनले भने।
दुर्गम गाउँदेखि सुगम सहरका जनतासम्मका भावना बुझ्न सक्ने नेतृत्व नै सक्षम साबित हुने उनको धारणा छ। आफूले सोही अनुरूपको राजनीतिक बाटो अंगिकार गरेकाले अधिकांश समय जनताको पहुँच र घरदैलो मै रहने गरेको महरले बताएका छन्।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया