राजनीतिमा निष्ठाभाव महत्त्वपूर्ण पक्ष : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले राजनीतिज्ञमा निष्ठाभावको ठूलो महत्त्व हुने औंल्याएका छन्। रामहरि ढुंगेल स्मृति प्रतिष्ठानद्वारा आयोजित ढुंगेलको आठौं स्मृति सभालाई सम्बोधन गर्दै महरले उक्त कुरा औंल्याएका हुन्।
नेताहरूको सात्त्विक जीवनशैली हुनुपर्ने र त्यसलाई जनताले पनि स्वीकार गर्नुपर्ने उनको भनाइ छ। ‘सामान्य जीवनशैली बनाएर पार्टीको नेतृत्व लिन सक्ने, उम्मेदवार बन्न सक्ने र त्यस्ता उम्मेदवारलाई जनताले जिताउन सक्ने वर्तमान अवस्था समीक्षाको पाटो हो। र, पनि ढुंगेल जस्तै निष्ठा बोकेको नेताको मुलुकमा खाँचो छ,’ उनले भने।
त्याग, आदर्श र निष्ठाभावका साथ गरिएको राजनीतिले पुर्याएको योगदानको चर्चा चिरस्मरणीय रहने उनले बताए। ‘आज राजनीतिमा त्याग आदर्श र निष्ठाभावको अभाव छ। त्यसैले राजनीतिप्रति हरेक तर्फबाट राम्रो सोच छैन। राजनीति गर्ने मान्छे स्वच्छ छैन, पारदर्शी छैन, नैतिक छैन भन्ने भाव जनतामा छ। त्यो चिर्न आवश्यक छ,’ महरले भने।
परिवर्तनशील समयसँग हिजोको जस्तै राजनीति खोज्न सम्भव नभए पनि त्यसका भित्री सिद्धान्त मर्न नदिनेतर्फ भने सदैव सचेत रहनु पर्ने महरले औंल्याएका छन्। ‘समाजभित्र संस्कृति जोगाउनुपर्छ। इतिहासको रक्षा गर्नुपर्छ। हामीले बाटो बिराउनु हुँदैन। इतिहासको असल बाटो मेट्नु हुँदैन, त्यसको दायरा फराकिलो पार्दै अगाडि बढ्नुपर्छ। त्यसैले निष्ठा र आदर्श बोकेको राजनीतिको बाटोलाई सबैले फराकिलो पार्दै जानुपर्छ,’ उनले भने।
दुर्गम गाउँदेखि सुगम सहरका जनतासम्मका भावना बुझ्न सक्ने नेतृत्व नै सक्षम साबित हुने उनको धारणा छ। आफूले सोही अनुरूपको राजनीतिक बाटो अंगिकार गरेकाले अधिकांश समय जनताको पहुँच र घरदैलो मै रहने गरेको महरले बताएका छन्।
















होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया