राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

कठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।
बैठक दिउँसो साढे १ बजे केन्द्रीय कार्यालय सिफलमा बस्ने गरी बोलाइएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमहरूको बारेमा छलफल हुने बताइएको छ ।
बैठकमा हिजो भएको राजतन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठनका विषयमा छलफल हुने बर्तौलाले बताए ।
उक्त समितिमा पार्टी अध्यक्ष कमल थापालाई समेत राखिएको छ । तर आफूलाई कुनै जानकारी नै नदिई समितिमा राखिएको भन्दै थापाले आपत्ति जनाएका छन् । बैठकले उक्त समितिलाई स्वीकार गर्ने वा नगर्ने भन्ने बारेमा निर्णय गर्नेछ ।
सोमबार डिल्लीबजारस्थित भोजन गृहमा आयोजित भेलाले राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीको नेतृत्वमा गठित समितिमा दुर्गा प्रसाईँ, डा. प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, रमा सिंह, अस्मिता भण्डारी, पशुपतिशमशेर जबरा, केशरबहादुर विष्ट, हरिबहादुर बस्नेत, राजेन्द्र लिङदेन र कमल थापालाई समेत सदस्यका रुपमा राखिएको छ ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया