कंगना रनौत भन्छिन्- ओस्कर मुर्खहरूको अवार्ड

काठमाडाैं । बलिउड अभिनेत्री कंगना रनौतको जनवरी १७ मा प्रदर्शनमा आएको फिल्म ‘इमर्जेन्सी’ ले बक्स अफिसमा खासै चमत्कार गर्न सकेन । तर नेटफ्लिक्समा रिलिज भएपछि यसले धेरै प्रशंसा पाइरहेको छ ।
यसैबीच अभिनेत्रीले विवादास्पद अभिव्यक्ति दिएकी छन्।
नेटफ्लिक्समा फिल्म हेरेपछि दर्शकहरुले फिल्म ओस्करमा पठाउनुपर्ने भन्दै तारिफ गरेका छन् । यसको जवाफमा कंगनाले अमेरिकामाथि आक्रोश पोख्दै ओस्करलाई मूर्खहरूको पुरस्कार भनेकी हुन् ।
कंगनाले इन्स्टाको स्टोरी सेक्सनमा फिल्मले पाएको प्रशंसाको स्क्रिनसट पोस्ट गरेकी छन् । यसमा एक जना प्रयोगकर्ताले भारतको तर्फबाट उनको फिल्मले ओस्कर जित्नुपर्ने तर्क राखेका छन् । तारिफ गर्दै ती प्रयोगकर्ताले ‘गज्जबको फिल्म, टिम कंगना !’ लेखेका थिए ।
यसको जवाफमा कंगनाले लेखेकी छिन्, ‘तर अमेरिकाले आफ्नो वास्तविक अनुहार हेर्न चाहँदैन, यसले विकासशील देशहरूलाई कसरी धम्की दिन्छ, दबाउँछ र दबाब दिन्छ । यो सबै ‘इमर्जेन्सी’बाट प्रकाशमा आएको हो । त्यो मूर्ख ओस्कर आफैं राख् । हामीसँग नेसनल अवार्ड छ ।’

















तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
मध्यपूर्वको तनावका कारण नेपाल, युएई र ओमानबीचको लिग-२ को सिरिज स्थगित
सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन
मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा
टिकटकर रतन कार्की प्रहरीको नियन्त्रणमा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया