सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका थिए २५ करोडसहित समातिएका ट्रक चालक
मेरोन्यूज
२०८१ चैत ४ गते १४:४५

काठमाडौं । आज बिहान २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ ।
सोमबार प्रहरीले झोरबाट ना १ ख १६५२ नम्बरको ट्रकबाट लगभग २५ करोड १ लाख ६० हजार नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरेको थियो । मालवाहक ट्रकको अगाडि चालक क्याबिनमा फल्स बटन प्रयोग गरी मुद्रा लुकाइएको थियो ।
प्रहरीका अनुसार ट्रक चालक लामा यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए ।
लामालाई हिरासतमा लिएर थप अनुसन्धान गरेपछि विस्तृत खुल्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया