जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सामूहिक सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले पारेको असरलाई गम्भीर रूपमा लिएर यसको न्यूनीकरणका लागि सामूहिक सहकार्य गर्नुपर्नेमा जोड दिएकी छन् । भारतको विदेश मन्त्रालयले राजधानी नयाँदिल्लीमा आयोजना गरेको राइसिना डायलगको जलवायु परिवर्तनसम्बन्धी सत्रलाई सम्बोधन गर्दै उनले विकासशील राष्ट्रहरूले जलवायु परिवर्तनको अकल्पनीय प्रभावहरूको अनुभव गरिरहेका र नेपाल यसको अग्रपंक्तिमा नै रहेको बताइन् ।
मन्त्री डा. राणाले जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था दर्साउँदै यसकारण नेपालले जलवायु न्याय (क्लाइमेट जस्टिस)को मागलाई अन्तर्राष्ट्रिय रूपमा उठाउँदै आएको पनि स्पष्ट पारिन् । जलवायु परिवर्तनको असरले नेपालजस्ता हिमाल तथा पहाड भएका देशलाई मात्र नभएर सिंगो विश्वलाई नै असर गर्ने भएकाले सबै देशहरूले साझा एजेण्डाका साथ सामूहिक सहकार्य गर्नुपर्नेमा जोड दिइन् ।
उनले जलवायु न्यायअन्तर्गत क्षतिपूर्तिको पक्षमा नेपाल रहेको बताउँदै उनले यसका लागि आवश्यक क्लाइमेट फाइनान्सिङका विषयमा अब व्यापक मात्रामा छलफल हुनुपर्नेमा जोड दिइन् ।
मन्त्री डा. राणाले गत वर्षको सेप्टेम्बरमा जलवायु परिवर्तनको सबैभन्दा नराम्रो परिणामको नेपालले सामना गर्नुपरेको र भीषण वर्षाका कारण २५० भन्दा बढी मानिसको ज्यान जानुका साथै करिब ४५ अर्ब रुपैयाँ बराबरको क्षति ब्यहोर्नुपरेको जानकारी दिइन् ।










निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
स्वास्थ्य सेवाबाहेक अन्यत्र एम्बुलेन्स प्रयोगमा ल्याइए कारबाही हुने
प्रतिनिधिसभा निर्वाचन : पहिलो दिनमै दल दर्ता उत्साहजनक
बङ्गलादेशका ५ देखि १७ वर्षका बालबालिकामध्ये ९.२ प्रतिशत श्रममा संलग्न
Govt ensures safety to private sector: Finance Minister
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
प्रतिक्रिया