नक्कली बुवा बनि भारतीयलाई नेपाली नागरिकता दिलाउने पक्राउ

सिरहा। सिरहामा नक्कली बुवा बनी भारतीय नागरिकलाई नागरीकता बनाउने अमानत मिँयालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
भारतको विहार मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायत देउधाका मोस्ताक मिँयाको नक्कली बुवा बनेर नागरीकता दिलाउने नरहा गाँउपालिका- ३ खोरीयाका अमानत मिँयालाई प्रहरीले अनुसन्धानको लागी नियन्त्रणमा लिएकाे हाे ।
वडाले सिफारीसलाई आधार मानी जिल्ला प्रशासन कार्यालय सिरहाले २०८० असार २६ मा भारतीय नागरिक मोसताकका नाममा १५०१८०–४३६२ नम्बरको नागरिकता जारी गरिएको थियो । नक्कली बुवा बनेका अमातन मियाँलाई मंगलबार साँझ घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मिँयालाई नियन्त्रणमा लिए पनि विभिन्न राजनितिक दवावका कारण वडा अध्यक्ष रुस्तम अन्सारी र सचिव रामदेव मण्डललाई प्रहरीले प्रकाउ गर्न नसकेको स्थानियहरुको आरोप छ। नेपालमा सानालाई ऐन ठुलालाई चैन भनेझै यो घटनाक्रमले देखाएको स्थानियहरुको भनाई छ।
भारतीय नागरिकलाई नागरिकता दिएको भन्दै करिव डेढवर्ष पहिले नै स्थानियहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । तर, प्रशासन कार्यालयले कुनै चासो देखाएनन्। आर्थिक प्रभाव र राजनितिक दवावका कारण कार्यवाहीको प्रकृया रोकिएको थियो।
विभिन्न मिडियामा समाचारहरु सम्प्रेषण भएपछि सिराहा क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले समेत सदनमै अवाज उठाएका थिए। सदनमा अवाज उठेपछि कार्यवाहीको प्रकृया अगाडी बढाईएको स्रोतको दावी छ।
सिरहा जिल्ला अदालतबाट आज म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान सुरु भएको प्रहरीले बताए । यसमा संलग्न सबैलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउँने प्रहरीले जनाएको छ।
नरहा गाँउपालिका वडा नम्वर ३ का वडाध्यक्ष रुषतम अन्सारी र वडा सचिव रामदेव मण्डलले भारतीय नागरीकसँग दुईलाख भारतीय रुपैया लिएर नागरिकताको सिफारिस गरेको विषयमा न्युज कारखानाले फागुन १२ गते पहिलाे पटक समाचार सम्प्रेषण गरेको थियो।










मौन पीडामा रहेकी कालिमायाको याचना …
राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट
कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस
कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन
सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया