बिहीबार, फागुन २८, २०८२

रियलमी सि ७५ नेपाली बजारमा आउँदै, यस्ता छन् फिचर

मेरोन्यूज २०८१ चैत ५ गते १७:०१

काठमाडाैं । रियलमीले अहिले सम्मकै सबैभन्दा मजबुत र विशेषतायुक्त स्मार्टफोन रियलमी सि ७५ सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार यो फोन उच्च प्रविधि र कार्यक्षमता प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको हो, जसले कठिन परिस्थितिमा पनि उत्कृष्ट प्रदर्शन गर्नेछ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीको अनुसार रियलमी सि ७५ मा आईपी ६९ रेटेड वाटर एण्ड डस्ट रेजिस्ट्यान्स तथा ३६० डिग्री सक रेजिस्ट्यान्स प्रविधि रहेको छ, जसले यसलाई कठोर वातावरणमा पनि भरपर्दो बनाउनेछ। स्मार्टफोनमा आर्मसेल ग्लास प्रविधि समावेश गरिएको छ, जसको कारण सामान्य फोनहरूको तुलनामा २६० प्रतिशत बढी ड्रप रेजिस्ट्यान्ट तथा ४०० प्रतिशत बढी स्क्राच रेजिस्ट्यान्ट बनाएको छ।

नयाँ रियलमी सि ७५ आईपी ६९ पानी प्रतिरोधी सुरक्षासहित आउँने कम्पनीले जनाएको छ । उक्त फोनमा ६००० एमएएच ब्याट्री तथा ४५ वाट फास्ट चार्जिङ जडान गरिएको छ, जसले लामो समयसम्म टिकाउने मात्र नभई छिटो चार्ज हुने सुविधा पनि प्रदान गर्ने कम्पनीको दावी छ ।

यस स्मार्टफोनमा एआई पावर्ड फिचरहरू, जस्तै एआई क्लियर फेस र एआई स्मार्ट लुप, समावेश गरिएका छन्, जसले फोटोग्राफी अनुभवलाई नयाँ उचाइमा पुर्‍याउनेछ।

रियलमी सि ७५ ले प्रयोगकर्ताहरूलाई ६.७२ इन्चको फुल एचडी डिस्प्ले प्रदान गर्छ, जुन ९० हर्जको रिफ्रेस रेट सहित अल्ट्रा,स्मूथ तथा भाइब्रेन्ट रहेको छ। डिजाइन, मजबुती र उच्च प्रविधिको संयोजनको रूपमा प्रस्तुत गरिएको यो स्मार्टफोनले बजारमा नयाँ बेन्चमार्क स्थापित गर्ने कम्पनीको विश्वास रहेको छ।

रियलमी सि ७५ छिट्टै नेपाली बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया