जुवातास खेलिरहेको अवस्थामा टोखावाट १९ जना पक्राउ
मेरोन्यूज
२०८१ चैत ६ गते १६:२२

काठमाडौं । टोखावाट १९ जना जुवाडे पक्राउ परेका छन् ।
टोखा नगरपालिका–३ सूर्यदर्शन हाईट डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका–२ घर भएकी ४४ वर्षीया कुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङसमेत १० जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, टोखा नगरपालिका–८ गैरीगाउँ बस्ने अमृता खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा थप ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार रूपैयाँ र ३ बुकतास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
सम्बन्धित
















सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना व्यक्त
रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
रुवान्डामाथि नेपालको जित
प्रतिक्रिया