विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : अध्यक्ष दाहाल

वीरगञ्ज (पर्सा) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू २०८४ सालसम्म प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।
प्रेस सेन्टर पर्साले वीरगञ्जमा आज आयोजना गरेको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’का क्रममा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने, “म अब २०८४ सालसम्म प्रधानमन्त्री हुन्न । म जनतासँगै रहन्छु । जनताका समस्या सदनमा उठाउँछु ।”
पूर्वप्रधानमन्त्री दाहालले सरकारमा हुँदा एउटा र सरकारबाहिर हुँदा अर्को भन्ने कुरा माओवादी केन्द्रको हकमा लागू नहुने उल्लेख गरे । “हामीले सरकारमा हुँदा भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याएका थियौँ,” उनले भने ।
अध्यक्ष दाहालले पत्रकार सम्मेलनअघि वीरगञ्जमा ‘माओवादीसँग समुदाय’ संवाद कार्यक्रममा तराई–मधेस हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानअन्तर्गत झापादेखि पर्सासम्म आइपुग्दा हुलाकी राजमार्गलाई अघि बढाउने कार्यमा अफ्नो पहल कदमी रहेको बताए ।
फरक प्रसङ्गमा अध्यक्ष दाहालले वीरगञ्जको मुख्य सडक छेउमा बसोबास गर्ने जनतालाई विस्थापित गर्न नहुने धारणा राखे । “वीरगञ्जमा बाइपासलगायत ठूला संरचनाका सडक तयार भइसकेका छन् । तर जनतालाई विस्थापित गर्ने गरी सडक विस्तार अभियान अघि बढाउन हुँदैन,” उनले भने।

















PM Karki takes stock of electoral preparations in Taplejung
फ्रान्स र स्पेनमा आँधी र वर्षाका कारण जनजीवन प्रभावित
सुनसरी ४ मा ३३ उम्मेदवार
युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
प्रतिक्रिया