ग्रेस इन्टरनेशनललाई ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ अवार्ड

काठमाडौं । नेपाली शैक्षिक परामर्श सेवामा अग्रणी संस्था ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेशनले ‘फेयर इन्टरनेशनल एजुकेसन अवार्ड २०२५’ मा ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ अवार्ड प्राप्त गरेको छ ।
फेयर एक्सप्रेस मासिक पत्रिकाले आयोजना गरेको ‘फेयर इन्टरनेशनल एजुकेसन अवार्ड २०२५’ मा ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेशन ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ विधामा अवार्ड पाएको हो । कार्यक्रममा संस्थाका सह-संस्थापक तथा संचालक एन्ड्र्यु पौडेलले अवार्ड ग्रहण गरेका थिए ।
काठमाडौंको र्याडिसन होटलमा आयोजना गरिएको अवार्ड समारोहमा विश्वव्यापी शैक्षिक सेवामा नेपालबाट उत्कृष्ट योगदान पुर्याउने संस्थाहरूमध्ये ग्रेस इन्टरनेशनल उत्कृष्ट शैक्षिक परामर्श संस्था हो । यसैलाई मध्यनजर गरी ‘फेयर इन्टरनेशनल एजुकेसन अवार्ड २०२५’ उक्त शैक्षिक परामर्श संस्थालाई प्रदान गरिएको हो ।
साे अवसरमा ग्रेस इन्टरनेशनलका सह-संस्थापक तथा संचालक पौडेलले विद्यार्थीलाई गुणस्तरीय परामर्श, अध्ययनको सही मार्गदर्शन, र उच्च शिक्षाको अवसरहरू उपलब्ध गराउने प्रतिबद्धता रहेको र यो अवार्डले अझ मजबुत बनाएको बताए ।
ग्रेस इन्टरनेशनलले नेपालका विद्यार्थीहरूलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, न्युजिल्याण्ड लगायतका देशहरूमा अध्ययनका अवसर प्रदान गर्दै आएको छ ।
विश्वव्यापी शिक्षामा नेपाललाई अगाडि बढाउने लक्ष्यसहित, संस्थाले विद्यार्थीहरूको भविष्य निर्माणका लागि निरन्तर सेवा प्रदान गरिरहेको छ । वैदेशिक उच्च शिक्षाका लागि विद्यार्थीलाई सहज ढंगले प्रभावकारी सेवा प्रदान गर्दै आएको ग्रेस इन्टरनेशनलले शैक्षिक परामर्श संस्थामध्ये आफूलाई अब्बल सावित गर्न कुनै कसर बाँकी राखेको छैन । ‘फेयर इन्टरनेशनल एजुकेसन अवार्ड’ले नेपाली शैक्षिक परामर्श उद्योगमा थप प्रेरणा दिने आश गरिएको छ ।















धरानबाट हत्या अभियोगमा एक जना पक्राउ
हेटौँडा– नारायणगढ सडकअन्तर्गत ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु
21 individuals nabbed with drugs
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकियो
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
प्रतिक्रिया