ज्ञानेन्द्र शाहीले रघु पन्तलाई भने, ‘तपाइको मुखमा राक्षसको बास रै’छ’

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नेकपा एमाले नेता रघुजी पन्त माथी प्रश्न गरेका छन् ।
पुर्वराजा बिरेन्द्रले वेश्याबृति गरेको भन्ने कुरा पन्तले भनेको भन्दै पन्तको ‘मुखमा राक्षसको बास बस्ने’ गम्भिर आरोप लगाएका छन् ।
‘३ करोड नेपालीका प्रिय स्वर्गीय राजा वीरेन्द्रलाई हुँदै नभएको झुटो आरोप लगाएर तपाईँहरूको लुटतन्त्र कहिलेसम्म बचाउनुहुन्छ ?’ उनले प्रश्न गर्दै शाहीले भनेका छन, ‘सन् १९४६ मा जवाहरलाल नेहरु भारतीय प्रधानमन्त्री हुँदा राजा वीरेन्द्र शाह एक वर्षको हुनुहुन्थ्यो, एक वर्षको मान्छेले भारतको कलकत्तामा वेश्यावृद्धि गर्यो भन्दै आरोप लगाउने तपाईंका मुखहरुमा सायद राक्षसले बास गर्छन ।’
शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुसी बनाउनका लागि उक्त कुरा बोलेको पनि जनाएका छन । ‘माननीय रघुजी पन्तजीलाई मेरो अनुरोध निगाहमा पाएको सांसद पद जोगाउन कति लुटतन्त्रको र प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको चाप्लुसी गरेको ?’ नेपाली जनता तपाईंहरूको लुटतन्त्रको पक्षमा छैनन्। केही सीमित आसेपासे लुटतन्त्रमा सहभागी रस चुसेका चुसेराहरू मात्रै तपाईंको पक्षमा छन्।’
केही दिन अघि राजा बिरेन्द्र शाहले बेश्यावृति गरेकाे भन्दै संसदमा केही प्रसङ्ग बाेले पछि शाहीले सामाजिक सञ्जालबाट जवाफ दिएका हुन् ।

















Deaths in Iran’s crackdown on protests reach more than 7,000, activists say
मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन: कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी
महाशिवरात्रि विशेषः बाग्मती नदीको बहाव बढाउन धापड्यामबाट पानी छाडियो
विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा
Memories of People’s War become refreshed: NCP Coordinator Dahal
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया