१६ सय ३६ किलो गाँजासहित झापाबाट दुई ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

झापा । जिल्लाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट चैत्र ८ गते सशस्त्र प्रहरीले करीव १६ सय ३६ किलो गाँजासहित दुई वट ट्रक र दुई ब्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरुमा धनकुटा जिल्लाको शहिदभूमी नगरपालिका–४ बस्ने महेश राई र ईलाम जिल्लाको माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षिय गंगा बहादुर बस्नेत छन् ।
ईलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनि ट्रकलाई विशेष सूचनाको आधारमा नं. १ बराह बाहिनी मुख्यालय र नं. २ गण झापा मातहत सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीलाई नियन्त्रणमा लिइएको हो ।
साथै उनीहरुको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोवाईल सेट समेत बरामद भएको छ ।
पक्राउ परेकाहरुलाई बरामद गाँजा तथा ट्रकसहित आवश्यक कारवाहिको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया