१६ सय ३६ किलो गाँजासहित झापाबाट दुई ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

झापा । जिल्लाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट चैत्र ८ गते सशस्त्र प्रहरीले करीव १६ सय ३६ किलो गाँजासहित दुई वट ट्रक र दुई ब्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरुमा धनकुटा जिल्लाको शहिदभूमी नगरपालिका–४ बस्ने महेश राई र ईलाम जिल्लाको माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षिय गंगा बहादुर बस्नेत छन् ।
ईलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनि ट्रकलाई विशेष सूचनाको आधारमा नं. १ बराह बाहिनी मुख्यालय र नं. २ गण झापा मातहत सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीलाई नियन्त्रणमा लिइएको हो ।
साथै उनीहरुको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोवाईल सेट समेत बरामद भएको छ ।
पक्राउ परेकाहरुलाई बरामद गाँजा तथा ट्रकसहित आवश्यक कारवाहिको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।















सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया