कोशी १३१ रनकाे फराकिलो अन्तरले बागमतीसँग पराजित
मेरोन्यूज
२०८१ चैत ८ गते १७:०५

काठमाडौं । बागमती प्रदेशले कोशी प्रदेशलाई १३१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
प्रधानमन्त्री राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा शनिबार भएको खेलमा बागमतीले कोशीलाइ फराकिलो अन्तरले पराजित गरेको हो ।
दाङको देउखुरी क्रिकेट मैदानमा बागमतीले प्रस्तुत गरेको २४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १०९ रनमा नै समेटिन बिबश भएको हो। त्यस अघि टस जितेर ब्याटिङ रोजेको बागमती ४९.३ ओभरमा २४० रनको योगफल तयार पारेको थियो ।
बागमतीका लागि शुभ कंसाकारले ३९, शुतोष घिरैयाले २९, इशान पाण्डे र विपिन आचार्यले समान २५, रिजन ढकालले अविजित २२, सोनु देवकोटा १८, सूर्यले १७ तथा गौतम केसी १६ रन बनाएका थिए ।
जितसँगै सात खेलमा ६ अंक जोडेको बागमती छैठौं स्थानमा उक्लिएको छ । कोशी समान खेलबाट २ अंकका साथ पुछारमा छ ।
सम्बन्धित









लुम्बिनीविरुद्ध पहिला बलिङ गर्दै सुदूरपश्चिम
आज कति छ सुनको भाउ ?
आठौँ सामाजिक सुरक्षा दिवस : साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र
हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया