सुशान्त सिंह राजपूतले आत्महत्या नै गरेको निष्कर्ष निकाल्दै सिबिआईले बन्द गर्याे केस
मेरोन्यूज
२०८१ चैत ९ गते १२:५७

काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपूत मृत्यु घटनासम्बन्धी सीबीआईले अन्तिम क्लोजर रिपोर्ट दायर गरेको छ।
४ वर्ष ६ महिना १५ दिनपछि सीबीआईले अन्तिम क्लोजर रिपोर्ट दायर गरेको छ। जसमा अनुसन्धान एजेन्सीले सुशान्तलाई आत्महत्या गर्न उक्साएको कुनै प्रमाण नभेटिएको बताएको छ।
अन्तिम रिपोर्टमा सीबीआईले सुशान्तको मृत्युको वास्तविक कारण आत्महत्या नै भएको उल्लेख गरेको छ।
यस घटनामा षड्यन्त्रको कुनै संकेत नभएको र सुशान्तको सामाजिक सञ्जाल च्याटहरूमा पनि कुनै छेडछाड नभएको सिबिआईको निष्कर्ष छ।
अभिनेता सुशान्त सिंह राजपूत जुन १४, २०२० मा बान्द्रास्थित आफ्नै घरमा रहस्यमय रूपमा मृत फेला परेका थिए। मिडिया र विपक्षी दलहरूको दबाबका कारण यस मुद्दाको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो।
यस मुद्दामा रिया चक्रवर्ती २७ दिन जेलमा बस्नुपरेको थियो।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
प्रतिक्रिया