देउवाले पूर्वराजालाई राप्रपाको सभापति बन्न सुझाव दिएपछि ज्ञानेन्द्र शाही आक्रोशित

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको सभापति बन्न सुझाव दिएपछि राजावादीहरू आक्रोशित भएका छन् ।
हिजो बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा देउवाले पूर्वराजा शाहमा संवैधानिक राजा हुन सक्ने हैसियत नभएको भन्दै राप्रपाको सभापति बन्न सुझाव दिएका थिए ।
राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले सभापति देउवाको उक्त भनाइ प्रति रोश प्रकट गरेका छन् । ‘बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो, माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यू, हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ, राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ,’ शाहीले भने, ‘त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापतिसँग शपथ खाँदै बन्नुभएको हो ? जसले भुइँ छोड्छ उसको पतन निश्चित हुन्छ भन्ने नेपाली उखान याद गर्नुहोस् सभापतिज्यू, यदि तपाईंसँग राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ ? हिम्मत छ ?’
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया