कोरोनाबाट सिन्धुपाल्चोकका पुरुषको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख १८ गते १२:२४

काभ्रेपलाञ्चोक । कोरोना संक्रमणबाट सिन्धुपाल्चोकको कुबिण्डेका एक पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । सैतीस वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मुटुका रोगी उनलाई शुक्रबार थप समस्या भएपछि दिउँसो अस्पताल भर्ना गरिएको थियो । शुक्रबार उपचारका लागि गरिएको पीसीआर परीक्षणमा कोराना पुष्टि भएको अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानु श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार थप स्वास्थ्य परीक्षणमा निमोनियाबाट समेत ग्रस्त भएका उनलाई उपचारका क्रममा पाइपबाट स्वासप्रस्वास गराइएको थियो । आइसीयू श्यया नहुँदा आकस्मिक कक्षमै उपचार गराइएको अस्पतालले जनाएको छ । रासस
सम्बन्धित















किमजोङ र उनकी छोरीबाट नयाँ पेस्तोल परीक्षण
नाडा निर्वाचनसम्बन्धी रिट अदालतद्वारा खारेज, नयाँ कार्यसमितिको शपथ ग्रहणको बाटो खुल्यो
कञ्चनपुरमा नाबालिका बलात्कार आरोपमा २ जना पक्राउ
प्रतिकूल मौसमका कारण रेसुङ्गा विमानस्थलमा उडान प्रभावित
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
प्रतिक्रिया